Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

भागरथी भट्टका हत्याका आरोपी सार्वजनिक

न्युज कारोबार काठमाडौं फागुन ५, २०७७       

भागरथी भट्टका हत्याका आरोपी सार्वजनिक

 बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी स्थानीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माद्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । १६ वर्षीय भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु