Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

न्युज कारोबार काठमाडौं फागुन ४, २०७७       

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलमा फागुन ६, ७ र ८ गते तीन दिन दीपावली, सरसफाइ, प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाइ एवं साँझ दीपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी, साँझ दीपावली र ८ गते कोशी अस्पताल, वृद्धाश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दीपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।    

सो अवसरमा मुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सबैलाई सहभागी हुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताए । उनले विगतमा परम्परागत रुपमा मनाउँदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढंगले हर्षोल्लासका साथ मनाउने जानकारी दिए ।

सम्बन्धित खबरहरु