nmb bank

गृहपृष्ठ धमाकेदार अफरको साथ क्लासिक टेकको ब्रान्ड एम्बेस्डरमा नाजिर हुसैन

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्रान्ड एम्बेस्डरमा नाजिर हुसैन

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्रान्ड एम्बेस्डरमा नाजिर हुसैन

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक श्रोता माझ लोकप्रिय अभिनेता हुसैनसँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।

कम्पनीले ब्रान्ड एम्बेसडर नियुक्तिसँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ । ग्राहकको मन जित्न सफल क्लासिक टेकले गुणस्तरीय सेवाका साथै ग्राहकको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेजको घोषणा गर्दै आइरहेको छ ।

उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दाबी छ । यस्तो उत्कृष्ट प्याकेज तथा अफरले ग्राहकलाई थप आर्थिक लाभ मिल्ने विश्वास लिइएको छ ।

कम्पनीले नयाँ अफरमा ७९९ रुपैयाँ प्रतिमहिनामा २० एमबीपीएसको स्पिडको सेवा दिने भएको छ । ग्राहकले इन्टरनेट र आईपीटीभी टिभीको १५० वटा च्यानल निःशुल्क प्राप्त गर्नेछन् ।

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–सानो बस्ती तथा गाउँमा पनि इन्टरनेट पु-याउने हुनाले यो अफरअन्तर्गत ग्राहकले विशेष लाभ लिन सक्नेछन् । सस्तो र २० एमबीपीएसमा उच्च स्पिड इन्टरनेटको प्याकेज निकालेको हो । यस अफरअन्तर्गत ग्राहकले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउनेछन् ।

कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनयकुमार अधिकारी भन्छन्, ‘यति सस्तो अर्थात् ७९९ रुपैयाँमा २० एमबीपीएसको उच्च स्पिड इन्टरनेट सेवा नेपालभरका सबै ग्राहकले उपयोग गर्न सक्नेछन् । अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ ।’

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु