Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

प्लाष्टिक सर्जरी रहर र बाध्यता दुवै हो : डा. श्रेष्ठ

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७५       

प्लाष्टिक सर्जरी रहर र बाध्यता दुवै हो : डा. श्रेष्ठ

प्लाष्टिक सर्जरीको धेरैलामो इतिहास भए पनि खासगरी पहिलो विश्वयुद्ध पछि भने यसको आधुनिक विकास भएको हो । मानव स्वास्थ्यमा भएको जन्मजात एवम् आकस्मिक दुर्घटनाबाट भएको समस्याको निराकरण गर्न यो अवधारणाको विकास भएको हो । डेढ दशक लामो समयदेखि प्लास्टिक सर्जरी गर्दै आएका डा. जयनमान श्रेष्ठ बरिष्ठ सर्जरीयन हुन् । डा. श्रेष्ठ २०६१ सालदेखि टिचिङ हस्पिटलमा बरिष्ठ प्लास्टिक सर्जरीयनको रुपमा कार्यरत छन् । साथै ग्राडी हस्पिटल र कालीमाटीमा रहेको कस्मेड लेजर एण्ड कस्मेटिक सेन्टरमा समेत उनी कार्यरत छन् । डा.श्रेष्ठ एमबीबीइस, एमसी, एफसीपीएस लगायत सिंगापुरबाट प्लास्टिक सर्जरी, कस्मेटिक र ह्याण्ड सर्जरीको थप अध्ययनसमेत गरेका छन् । मासिक रुपमा २०-२५ जनाको सर्जरी गर्दै आएका डा. श्रेष्ठसँग प्लास्टिक तथा कस्मेटिक सर्जरीको अवधारणा, आवश्यकता तथा समस्याको बारेमा सञ्जय श्रेष्ठले गरेको कुराकानी :

प्लाष्टिक सर्जरी भनेको के हो ? – प्लाष्टिक सर्जरी भनेको मानिसको शरिरमा भएको जन्मजात तथा आकस्मिक दुर्घटनामा परी अङ्गभङ्ग भएको ठाँउलाई प्राकृतिकरुपमा स्वीकार गर्न सकिने अवस्थामा फर्काउन गरिने अप्रेशन हो । यो अप्रेशनबाट जन्मजात समस्याहरु ओठ फाटेको, मुखभित्रको तालु फाटेको जस्ता समस्याहरुलाई मिलाएर सिलाउने, कान सानो वा बाङ्गो भएकोलाई आफ्नै शरीरको कुरकुरे हड्डी राखेर नयाँ कान बनाउने, हात तथा औंला बाङ्गो भएकोलाई मिलाउने पर्छन् भने ठुलोठुलो दुर्घटनामा भएको अङ्गभङ्ग, क्यान्सर रोगको उपचारपछि निकालेको ठुला घाउ पुर्ने, आगोले पोलेका आदी अप्रेशन पर्छ । यो अप्रेशनमा शरिरको कुनै अङ्गको मासु, हाड या छाल काटेर समस्या भएको अङ्गमा राखिने गरिन्छ ।

नेपालमा प्लाष्टिक सर्जरीको सुरुवात कहिलेबाट भएको हो ? – नेपालमा प्लाष्टिक सर्जरीको सुरुवात करिब चार दशकको हाराहारीमा भएको पाइन्छ । यद्यपि यसको सुरुवात भने धेरै पहिलेदेखि नै हुँदै आएको छ । आगोले पोलेकोको उपचार, ओठ चिरा परेको, छाला प्रत्यारोपणबाट सुरु भएको यो उपचारविधि हाल आएर विश्वव्यापी रुपमा भैरहेको जटिल प्लास्टिक सर्जरीको पनि अप्रेशन गर्न सक्ने अवस्थामा आइपुगेको छ ।

आफ्नो अनुहार तथा शरिरलाई आकर्षक बनाउन गरिने यी उपचार कसैको लागी रहर चाहाना वा आफ्नो खुसीको लागि मात्र हुनसक्छ भने कसैको लागि यो बाध्यता वा आवश्यकता नै हुनसक्छ ।

विश्वमा प्लाष्टिक सर्जरीको विकास कहिलेबाट भएको हो ? – हुन त प्लाष्टिक सर्जरीको सुरुवातको इतिहासलाई हेर्ने हो भने यसको करिब पाँच सय बर्ष पुरानो इतिहास पाउछौं । तथापी भारतीय महादिपका सुस्रुता भनिने चिकित्सकबाट काटिएको नाकलाई गालाको छाला उठाएर इसापूर्व ६०० मा नै नाक बनाएको इतिहास छ । हाल आएर उनाइसौं शताब्दीलाई आधुनिक प्लास्टिक सर्जरीको विकासक्रमको रुपमा लिइन्छ । पहिलो विश्वयुद्ध सञ्चालन भयो, त्यसमा धेरैभन्दा धेरै मानिसहरु अङ्गभङ्ग र शारिरीकरुपमा असक्त र अपाङ्ग भए । त्यो विश्वकै एक समस्या र चुनैतिको रुपमा रह्यो र त्यसकै समाधानको उत्तम विकल्पको रुपमा परम्परादेखि रहि आएको यो उपचारविधिलाई संस्थागत विकास गरिएको हो ।

प्लाष्टिक सर्जरी खास कुनकुन अङ्गको गरिन्छ ? – प्लाष्टिक सर्जरी टाउकोदेखि खुट्टासम्मको कुनै पनि भागको गरिन्छ । यस उपचारविधिबाट बिभिन्न अङ्गहरुमा हुने चोटपटक वा क्यान्सरपछिको घाउ पुर्न मद्दत गर्दछ । नशा तथा हड्डी नै देखिने गरी घाउ खुला भएको अवस्थामा संक्रमित भई पाक्ने र सो घाउ भएको औंला, हात तथा खुट्टा नै काट्नुपर्ने अवस्था पनि हुनसक्छ त्यसैले प्लास्टिक सर्जरी गरेर त्यस्तो घाउ चाँडै निको पार्नु आवश्यक हुन्छ । सिलीकन इम्प्लान्ट राखेर ठुलो पार्ने, बाङ्गो वा ठुलो नाकलाई सानो बनाउने, धेरै सानो वा होचो नाकलाई मिलाउने, आँखाको आइ व्याक हटाउने, मुड्री बनाउने आदी पनि कस्मेटिक सर्जरीभित्रै पर्दछ । तेस्रो लिङ्गी समुदायमा अनुहार परिवर्तन गर्न पनि सर्जरी गरिन्छ ।

यसको अवधारणा जन्मजात तथा आकस्मिक दुर्घटनामा परि अङ्गभङ्ग भएकाहरुको लागि गरिने उपचार तथा अप्रेशन भए पनि अहिले मानिसले त्यो भन्दा पनि आफ्नो रुप परिर्वतनको लागि बढी गरेको पाइन्छ ?

संसारमा कतिपय मानिसले अपराधको प्रयोनजको लागि पनि यो अप्रेशन गरेको भने अवश्य पाइन्छ । जुनकुरा कानुनीरुपमा अपराध सरह हुने हुँदा यस प्रकारको आचरण ठिक होइन ।

– आफ्नो सौदर्यलाई अभिवृद्धि गर्नका लागि गरिने उपचारविधि कस्मेटिक सर्जरीकै एउटा अङ्ग हो । यस कस्मेटिक सर्जरी नेपालमा विगत १५–२० बर्षदेखि नै सुरुवात भएको पाइन्छ र विगत १० बर्षदेखि यो सेवा नियमितरुपमा विभिन्न अस्पताल तथा कस्मेटिक सर्जरी सेन्टरहरुमा भइरहेको छ । र यसप्रति आम मानिस आकर्षित भएर विभिन्न प्रकारका कस्मेटिक सर्जरीको उपचार गराइ राख्नुभएको छ । आफ्नो अनुहार तथा शरिरलाई आकर्षक बनाउन गरिने यी उपचार कसैको लागी रहर चाहाना वा आफ्नो खुसीको लागि मात्र हुनसक्छ भने कसैको लागि यो बाध्यता वा आवश्यकता नै हुनसक्छ । सामान्यतया कस्मेटिक सर्जरी गरी आफुमा खुसी बढाउनुको साथै आफ्नो आत्मा विश्वास बढाउनलाई मद्दत गर्दछ । कस्मेटिक सर्जरी गरेर उमेर बढ्दै जाने अनुहारको चाउरीपन, निधार, आँखी भौं तथा गाला झुल्लिएको आदी मिलाउन सकिन्छ । उमेरसंगैं र बच्चा पाइसकेपछि महिलाहरुको पेट झुल्लिने, स्तन ठुलो भएर समस्या हुने, बिभिन्न भागमा बोसो जम्मा हुने समस्यालाई पनि हटाउन सकिन्छ र साथै धेरै सानो स्तनलाई सिलिकन इम्प्लान्ट गरि ठुलो बनाइन्छ ।

प्लाष्टिक र कस्मेटिक सर्जरी गर्न व्यक्तिको इच्छा र चाहाना भए पुग्छ कि अरु कुनै कानुनी प्रकृया पनि पुरा गर्नु पर्छ ? – यो पनि एक उपचार नै हो, जसरी हामी अन्य अस्पतालहरुमा गछौं । यो उपचार कुनै पनि व्यक्तिले आफुलाई आवश्यक परेको बेला लिन सक्छ । यसमा कुनै किसिमको यस्तो प्रकृयाको आवश्यक छैन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अप्रेसन गर्ने बिरामी र उसको अभिभावकलाई अप्रेसनको बारेमा जानकारी परामर्श तथा अप्रेशनपछि हुने फाइदा र बेफाइदाको बारेमा बुझाउनु हो । कुनै पनि बिरामीले चाहेको समयमा वा सम्बन्धित चिकित्सकले गर्न सकिने स्वीकृतिको आधारमा गर्न सकिन्छ । यो विश्वमा भैरहेको छ । यसमा कानुनको त्यस्तो व्यवस्था खासै केहि छैन । तर तेस्रो लिङ्गीको हकमा भने डब्लु पाथ भन्ने संस्थाद्धारा प्रतिपादित मान्यता या सिद्धान्त अनुसारको आवश्यकता पुरा गर्नुपर्छ ।

प्लाष्टिक र कस्मेटिक सर्जरी गरेर बिभिन्न अपराधीहरु खुलेआम हिडिरहेका हुन्छन्, यसको लागि कानुनी प्रक्रियाको आवश्यकता छैन र ? – यो अप्रेसन भनेको मान्छेको शारीरिक अङ्गमा भएको समस्याको समाधानको लागि गरिन्छ । प्राकृतिकरुपमा रहेको मानिसको रुपमा अस्वभाविक परिवर्तन भएमा र अङ्गभङ्ग भएमा गरिने अपे्रशन हो । यो उपचारमा मान्छेको पुरै रुप परिवर्तन गरिने गरी गरिदैन । यद्यपि सामान्य रुप परिवर्तन त हुने नै हो । यसको लागि कुनै कानुनी आवश्यकताको जरुरत पर्छ भन्ने मलाई लाग्दैन । तर संसारमा कतिपय मानिसले अपराधको प्रयोनजको लागि पनि यो अप्रेशन गरेको भने अवश्य पाइन्छ । जुनकुरा कानुनीरुपमा अपराध सरह हुने हुँदा यस प्रकारको आचरण ठिक होइन ।

प्लाष्टिक र कस्मेटिक सर्जरी सेवा दिने र सेवा लिनेका लागि नेपालको सन्दर्भमा कतिको सहज छ ? – सर्जरीको लागि कुनै पनि कानुनीरुपमा यसलाई छुट्टै हेर्ने र लिने व्यवस्था छैन । किनभने यो पनि अन्य उपचारजस्तै त हो । यो बिरामीको इच्छा र आवश्यकतामा भरपर्छ । तर नेपालमा प्लाष्टिक सर्जनहरुको कमी र बिरामीहरुको संख्यामा भएको बृद्धिले भने केही समस्या भएको छ । सामान्यतया साधारण मानिस र चिकित्सकलाई पनि प्लाष्टिक सर्जरीको बारेमा ज्ञान नहुँदा यो समस्या भएको छ ।

प्लाष्टिक र कस्मेटिक सर्जरीलाई धार्मिक तथा सांस्कृतिक रुपमा कसरी लिइन्छ ? – यसमा चै सास्कृतिकरुपमा हेर्दा हामीले एसियन संस्कृतिलाई बढी फोकस गर्नुपर्ने हुन्छ । जस्तो आँखाको सर्जरी गर्नुपर्यो भने हाम्रो सानो आँखा ठुलो बनाउने हुन्छ । यसमा चै के धारणा छ भने मंगोलीयन आँखाको उपचार गर्दा आँखाको रेन्च नै परिवर्तन हुन्छ की भन्ने छ । तर त्यो चै त्यति मात्रले केही हुँदैन । अरु धार्मिकरुपमा चै त्यस्तो केही छैन ।

सामाजीकरुपमा यसलाई कसरी लिइन्छ ? – सामाजीक दृष्ट्रिकोणले यो सर्जरी किन गर्नु भन्ने हुन्छ । तर जो व्यक्तिलाई परेको हुन्छ, त्यो व्यक्ति त अगाडी आइरहेको हुन्छ । कतिपय केसमा परिवारले नै गराएको हुन्छ । बिषेशत यो सर्जरी कला क्षेत्रमा रहेकाले गर्छन् । सर्जरी मान्छेले आफ्नो फाइदाको लागि गर्ने हुन् । सर्जरी गरेका सबैले गरेको भन्ने संस्कृति तथा खुलेर भन्ने चै केहिको बाहेक अरुको छैन । सबै केसमा यो अवश्यक पनि छैन ।

अविवाहित महिलाले उसको स्तनको सर्जरी गरेपछि विवाहपछि उसलाई समस्या हुन्न ? – त्यसमा कहि पनि समस्या हुन्न किनकी सिलीकन यस्तो हुन्छ जुन शरिरभित्र राख्दा केही असर गर्दैन । प्राकृतिक विकासको रुपमा पनि यसले असर गर्दैन । यसलाई इम्पान्ल्ट गर्ने बेलामा स्तनको तल पट्टि पकेट बनाएर राखिएको हुन्छ । जुन प्राकुतिक विकासको लागि बाधा गर्दैन ।

र्जरी गरेको मान्छेले प्राकृतिकरुपमा रहेको अवस्थामा जस्तै कामहरु गर्न सक्छन् ? यो पनि अप्रेशन गरेर नै गर्ने हो । त्यसो हुँदा केही समस्याहरु अवश्य हुन्छन् । उपचार गरेका केही समय डाक्टरले भने बमोजिम गरेको खण्डमा यसको धेरै असर हुँदैन । सामान्यतया यो पनि अरु अप्रेशन जस्तै हो ।

नेपालमा सर्जरीको अवस्था कस्तो छ ? पहिलेको भन्दा अहिले धेरै राम्रो छ । नेपालमा सर्जरी नेपालीले मात्र नभई विदेसिहरुले पनि गर्नको लागि आएको छ । भारत, सिक्किम लगायत अन्य देशका बिरामीहरु नेपालमा आउछन् । अन्य विकसित मुलुकमा जस्तो सर्जरीको लागि मेसिनहरु हामीले प्रयोग गर्न सकेका छैनौँ । नेपालमा सर्जरीको दक्ष जनशक्ति नै पनि १५–२० जना छन् । तुलनात्मक रुपमा पहिलेको भन्दा अहिले बिरामी तथा अस्पतालहरुको संख्या पनि बढेको छ ।

प्लाष्टिक र कस्मेटिक सर्जरी समाजमा सकारात्मक विकासको लागि के गर्नुपर्छ ? – कतिपयले सर्जरी गरेकाहरु जो छन्, उनीहरुले त भनेका छन् । तर जति हुनु पर्ने हो त्यो भएको छैन । यसको लागि सर्जरी सम्बन्धी बिषयमा स्कुलस्तरबाट नै सचेत गराउन आवश्यक छ । यसको विषयमा सबैकुराहरु जानकारी रहँदा धेरै कुराबाट बच्न पनि सहयोग पुग्छ । यो सर्जरी पनि अन्य अप्रेशन जस्तै हो भन्ने कुराको जनचेतना जगाउन जरुरी छ ।

सम्बन्धित खबरहरु