Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

सिटिजन्स बैंकद्वारा नर्वदेश्वर महादेव गुठीलाई सहयोग

न्युज कारोबार काठमाडौं जेठ १८, २०७५       

सिटिजन्स बैंकद्वारा नर्वदेश्वर महादेव गुठीलाई सहयोग
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले रामेछापको त्रिवेणीस्थित मुगीटारमा रहेको नर्वदेश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा  सामाजिक रुपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएकोमा  यो वर्ष गुठी संरक्षण समितिलाई  एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो । सो रकम बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा समितिका सदस्य भुवनहरी प्रसाईलाई प्रमख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरिन् ।

सम्बन्धित खबरहरु