nmb bank

गृहपृष्ठ एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो । बिहीबार एक समारोहका बीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए ।

१२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।

जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सँधै नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको र यस्तो महत्वपूर्ण कार्यका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान तथा केन्द्रिय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गर्ववान्वित रहेको एनसेलले जनाएको छ ।

यस पहल अन्र्तगत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबै भन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।

यो वर्षको छात्रवृत्ति ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र  कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्घितीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याएका ३ जना छात्राले पाएका छन् ।

उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहका १/१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु