Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

फलोअप : किसानको अनुदान खोस्न सांसद मैनालीको लविङ

न्युज कारोबार काठमाडौं असार १८, २०७५       

फलोअप : किसानको अनुदान खोस्न सांसद मैनालीको लविङ
सरकारले किसानलाई दिने अनुदान पहुँचको भरमा आफैँले लिन लागेका नुवाकोट प्रदेश सभा १(ख)का सांसद बद्री मैनालीले आरोप स्वीकारेका छन् । पार्टी सरकारमा रहेको अवस्थामा पद तथा पहुँचको दुरुपयोग गरी शीत भण्डार निर्माणको अनुदान आफैँले लिन खोजेको आरोप लाग्दै गर्दा उनी आफैँ त्यसको पुष्टि गरेका हुन् । शीत भण्डारगृह स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधिको धज्जी उडाउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावमा पारी अनुदान लिन लागेको भन्ने खबर आईरहदा सांसद मैनाली आफैले घुमाउरो शैलीमा त्यसको पुष्टि गरेका हुन् । अनुदान कस्ले पाउने भन्ने सार्वजनीक भइसकेको नभए पनि प्रतिस्पार्धको आधारमा आफ्नो कम्पनीले पाउन सक्ने सांसद मैनालीले जनाऊ दिएका छन् । केही दिनअघि उनले मापदण्ड नपुगेको आफ्नो कम्पनीलाई शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाका लागि ११ करोड पार्न चलखेल गरेको समाचार विभिन्न मिडियामा सार्वजनीक भएको थियो । त्यसको खण्डनको गर्दै नुवाकोट शीत भण्डार प्रा.लि.को नाममा हालै विज्ञप्ति जारी गर्दै सासंद मैनालीले अनुदान लिएपछि किसानलाई सहुलियत सेवा दिने बताएका छन् । ‘नुवाकोट शित भण्डारले पाउने र सो अनुदान रकम बराबरको सहुलियत कम्तिमा पाँच वर्षदेखि १० वर्षसम्म किसानलाई नै उपलब्ध गराउनुपर्ने शर्तमा राज्यले तोकिएको मापदण्ड र प्रक्रिया पुगेका कम्पनी छनौट गर्ने हो’ विज्ञप्तिमा भनिएको छ । सुरुमा सांसद मैनालीले विदुर २ गंगटे भतेरमा रहेको आफ्नो जग्गामा रिर्साेट बनाउने गृहकार्य गरेका थिए । सरकारले ‘कोल्ड स्टोरेज निर्माण’को लागी किसानलाई ११ करोड अनुदान दिने भएपछि सो रकम हात पार्ने दाउमा उनले ‘कोल्ड स्टोरेज’ दर्ता गराएका हुन् । आफ्नो पार्टीको बलियो सरकार रहेको र पहुचका आधारमा रकम हात पार्न चलखेल गर्दै आएका सांसद मैनालीले आफ्नो बचाउ गर्दै भनेका छन्, ‘उक्त अनुदान कुनै सांसद वा व्यक्तिका नाममा आउने रकम होइन भन्ने कुरा हामी स्पष्ट गर्न चाहन्छौं ।’ नुवाकोटमा कोड स्टोरेज निर्माणको लागि मैनालीसहित ३१ किसान समूहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा निवेदन दिएका छन् । सांसद मैनाली भने मापदण्ड नपुर्याई निर्माण गर्न लागेको आफ्नो शीत भण्डारगृहमा कर्मचारीलाई प्रभाव पारी अनुदान पार्ने तयारीमा छन् । तर, मैनालीले भने कम्पनीको तर्फबाट कसैलाई प्रभावमा पर्ने र दबाब दिने कुनै काम नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘बरु स्थानीयसमेतको सहभागिता र सहयोगमा यस उद्योग स्थापनाको प्रक्रियालाई अघि बढाइरहेका छौँ ।’ विपक्षमा समाचार लेख्नेलाई कारबाहीको चेतावनी कृषि परियोजनाबाट दिईने ११ करोड अनुदान लिन दैनिक जसो प्रधानमन्त्री कार्यालय धाउँदै आएका मैनालीले झूठो समाचार प्रकाशित गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको समेत उल्लेख गरेका छन् । उनी अध्यक्ष रहेको शीत भण्डार प्रा.लि.को नामामा जारी विज्ञप्तिमा आफ्नो विपक्षमा समाचार लेख्नेलाई कारबाही गर्नेसम्मका चेतावनी दिएका छन् ‘राज्यले प्रतिस्पर्धाको आधारमा दिने अनुदानलाई सांसदसँग जोडेर चरित्र हत्या गर्न खोजिएको प्रति हामी कानुनी उपचारमा समेत जाँदैै छौँ ।’ तर प्रदेश सांसद रहेका उनी हेटौंडामा संसद बैठक छाडेर शक्तिकेन्द्र धाईरहेका छन् । याे पनि पढ्नुहाेस् ।

कृषि परियोजनामा सांसदको सिन्डिकेट

सम्बन्धित खबरहरु