Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

यो वर्षकै सबैभन्दा भारी वर्षा भैरहवामा

न्युज कारोबार काठमाडौं असार १९, २०७५       

यो वर्षकै सबैभन्दा भारी वर्षा भैरहवामा
रुपन्देही तथा आसपासको क्षेत्रमा आइतबारदेखि सोमवार साँझसम्म नेपालमै सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागले नेपालमा गरेको मापन केन्द्र अनुसार सबैभन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साँझ पौने ६ बजेसम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको छ । पहाडी पाल्पा, गुल्मि अर्धाखाची जिल्लामा पनि सोमवार बढी नै वर्षा भएको छ । आइतवार रातिदेखि सोमबार अपरान्हसम्म लगातार वर्षा भएपनि सोमवार साँझ केहीबेर वर्षा रोकिएको थियो । साँझ केहीबेर वर्षा रोकिएपनि रातिदेखि वर्षा भइरहेको छ । सोमवारको जत्तिको बढी वर्षा नभएपनि भारी वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद श्रेष्ठले बताए । उनका अनुसा मंगलवार दिउँसो केही कम भएपनि साँझ पुन पानी परेर बुधवारदेखि पानी पर्न केही कम हुनेछ । यस क्षेत्रका पहाडी जिल्लामा पनि तराइमा जस्तै पानी पर्ने छ । लगातारको वर्षाले अवरुद्ध भएको भैरहवा स्थित गौतम बुद्ध बिमानस्थल सोमवार साँझबाट खुलेको छ । सोमवार बिहानैदेखि जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी नभएर उडान हुन नसकेकोमा साँझ पख वर्षा कम भएपछी भिजिबिलिटी बढेको बिमानस्थलका बरिष्ठ अधिकृत प्रदीप अर्यालले जानकारी दिए । उडानका लागि आवश्यक भिजिविलिटी भएपछी बुद्ध र यति एयर लायन्सका एक एक वटा उडान साँझ नै उडेका थिए ।

सम्बन्धित खबरहरु