गृहपृष्ठ प्रदेश सभा ५ को बैठक पनि स्थगित
प्रदेश सभा ५ को बैठक पनि स्थगित
प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण ३० मिनेट पछि सारिएको छ । आज दिउँसो बसेको बैठकमा कांग्रेसका डिल्लीबहादुर चौधरीले बजेटले प्रदेशको समग्र विकासका विषयमा सम्बोधन गर्न नसकेको भन्दै अबरुद्ध गर्ने बताउका थिए । त्यसपछि कांग्रेसका सबै सांसदले उभिएर विरोध जनाएका हुन ।
सभामुख पूर्णबहादुर घर्तिले बैठक अगाडि बढाउन आग्रह गरेको भएपनि कांग्रेस सांसदले अबरोध गरेका थिए । सभामुखले सांसदको कारवाही अगाडि बढाउन खोज्दा कांग्रेसका सांसद बैठक नै बहिस्कार गरेर बाहिरिएका थिए । कांग्रेसले बहिस्कार गरेपछि प्रदेश सभा बैठक भाेली दिउँसाे १ बजे बस्ने गरी स्थगित भएकाे छ ।
प्रकाशित समय : २१:१२ बजे