Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

लुम्बिनी अञ्चल अस्पताललाई २५ लाखको उपकरण सहयोग

न्युज कारोबार काठमाडौं असार ३२, २०७५       

लुम्बिनी अञ्चल अस्पताललाई २५ लाखको उपकरण सहयोग
रुपन्देहीको लुम्बिनी अञ्चल अस्पताललाई २५ लाख रुपैयाँको उपकरण र जिन्सी सहयोग गरिएको छ । लायन्स क्लब अफ बुटवलको आयोजनामा उपचारका लागि आउने बालबालिकालाई लक्षित गरी सो सहयोग गरिएको हो । अस्पतालमा सोमबार एक कार्यक्रम गरी लायन्स क्लब बुटवल वर्ष १८/०१९ का अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनाललाई संयुक्त रुपमा सामान हस्तान्तरण गरे । कार्यक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सामाजिक सेवा भावले गरिएको लायन्सको कार्य उत्कृष्ट भएको बताए ।

सम्बन्धित खबरहरु