nmb bank

गृहपृष्ठ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किंदै आन्दोलन

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किंदै आन्दोलन

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किंदै आन्दोलन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत इन्जिनियरिङ संकायका विद्यार्थीले विभिन्न माग राख्दै असार ५ गतेबाट सुरु गरेको आन्दोलन चर्किंदै गएको छ । बुधबारबाट विद्यार्थी अनिश्चितकालका लागि आमरण अनसन बसेका छन् ।

इन्जिनियरिङ संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक परीक्षा पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्नेलगायतका माग विद्यार्थीले राख्दै आएका छन् । त्यस्तै १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तक राखिनुपर्ने जस्ता माग राखेर विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको १५औं दिनसम्म पनि विश्विद्यालयका पदाधिकारीले माग पूरा गर्न कुनै चासो नदेखाएपछि आमरण अनसन बस्न बाध्य हुनुपरेको रोशन बस्नेतले बताए । विश्वविद्यालयलाई पढ्ने नभई राजनीति गर्ने थलो बनाइएको अनसनरत विद्यार्थी बस्नेत, रत्न शर्मा र मिलन बिसीले बताए ।

अनसन बसेका विद्यार्थीलाई समर्थन गर्दै विद्यार्थी निकुञ्ज पाण्डेले तीनजना साथी अनसन बसेको भए पनि आफूहरु सबै सडकमा उत्रिन तयार रहेको बताए । यसअघि, विद्यार्थीले रिले सनसन, जुलुस, धर्ना, कोणसभा र सडकमा डेस्कबेन्च जस्ता विरोधका कार्यक्रम गर्दै आएका थिए ।

प्रकाशित समय : ०१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु