nmb bank

गृहपृष्ठ भारतमा रुसी महिला सामूहिक बलात्कृत

भारतमा रुसी महिला सामूहिक बलात्कृत

भारतमा रुसी महिला सामूहिक बलात्कृत

भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।

प्रहरीले बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कार्यमा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशंकामा ६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्ता कार्य रोक्न नसकेको बताइन्छ ।

(रासस/एएफपी)

प्रकाशित समय : ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु