गृहपृष्ठ सानिमा इन्स्योरेन्सको निर्जीवन बिमा कारोबार सुरू, कृषि बिमामा केन्द्रित हुने
सानिमा इन्स्योरेन्सको निर्जीवन बिमा कारोबार सुरू, कृषि बिमामा केन्द्रित हुने
कृषि बिमामा केन्द्रित हुने उद्घोषसहित सानिमा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा कारोबार सुरु गरेको छ । कम्पनीका सञ्चालक खेमलाल लामिछानेले कम्पनीको व्यावसायिक कारोबार सुरू गरेका हुन् ।
नेपाल कृषि बिमाका लागि उपयुक्त भएकाले कम्पनीले कृषि बिमातर्फ व्यवसाय केन्द्रित गर्ने नायब महाप्रबन्धक सुवोधलाल श्रेष्ठले जानकारी गराए । ‘नियमनकारी निकायले व्यवसायको १० प्रतिशत कृषि बिमा हुनैपर्ने भनेको छ तर हामी योभन्दा पनि धेरै व्यवसाय गर्ने योजनामा छौं,’ उनले भने ।
निर्जीवन बिमा व्यवसायमा दाबी भुक्तानी एकदमै ढिला हुने गरेको गुनासोलार्इ मध्यनजर गर्दै बिमितलार्इ सचेतनात्मक कार्यक्रम अगाडि बढाउने बताए । ‘बlमित जति धेरै सचेत हुन्छन्, हामीलार्इ पनि दाबी भुक्तानी गर्न सजिलो हुन्छ,’ उनले भने, ‘बिमितिले समयमा कागजपत्र पेस गर्नसके ७२ घण्टामा दाबी भुक्तानी गर्छौं ।’
कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । बिमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ३० करोड रुपैयाँ आर्इपीओ निष्कासन गर्ने श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय : २२:२३ बजे