Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

अपांगमैत्री पुस्तकालय निर्माण गर्न 'डिनर'

न्युज कारोबार काठमाडौं असोज १४, २०७५       

अपांगमैत्री पुस्तकालय निर्माण गर्न 'डिनर'
चितवनमा अपांगमैत्री पुस्तकालय निर्माणका लागि अमेरिकाको डालसमा फन्ड रेजिङ डिनर आयोजना गरिने भएको छ । नेपाल जर्नीले आइतबार राजधानीमा पत्रकार सम्मेलन अपांगता भएका बालबालिका लक्षित पुस्तकालय निर्माणका लागि डिसेम्बर ८ तारिखमा फन्ड रेजिङ डिनर आयोजना गर्ने जानकारी दिएको हो । डालासमा आयोजना हुने डिनरबाट संकलन भएको रकमले चितवनस्थित भरतपुरको गणेशस्थानमा अत्याधुनिक पुस्तकालयको निर्माण गर्ने जनाएको छ । पुस्तकालयमा विभिन्न विधाका किताबका साथै कम्प्युटरको माध्यमबाट उच्चा शिक्षासम्मका उपयोगी कन्टेन्ट उपलब्ध गराउने जर्नी बोर्ड सदस्य बबिता खड्काले जानकारी दिइन् । नेपाल जर्नीले यसअघि हेटौंडामा अपांगमैत्री पुस्तकालय निर्माण गरिसकेको छ ।

सम्बन्धित खबरहरु