Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

अमेरिकामा नेपाली विद्यार्थीलाई झड्का, आजैबाट काम गर्न नपाउने

न्युज कारोबार काठमाडौं असोज १६, २०७५       

अमेरिकामा नेपाली विद्यार्थीलाई झड्का, आजैबाट काम गर्न नपाउने
अमेरिकामा एच–वान बी माग गरी निवेदन दिएका विद्यार्थीले मंगलबारबाट कम गर्न नपाउने भएका छन् । अक्टोबर, १ २०१८ सम्म पेन्डिङ भएका विद्यार्थीले काम गर्न नपाउने अमेरिकाको नागरिकता तथा आप्रवासनसम्बन्धी नयाँ नियम जारी भएको हो । अब मंगलबारबाट काम नत्यागेमा गैरकानुनी बसाइ मानिने युएससीएसआइले जनाएको छ । एफ–वान अध्ययन स्टाटस सकिएपछि एच–वान बी स्टाटस पाउने समयावधिलाई क्याप–ग्याप भनि प्रदान गरिएको थियो । अक्टोबर १, २०१८ सम्म एच–वान बी मा परिवर्तन गर्नको लागि धेरै निवेदन आएकाले सम्पूर्ण निवेदकहरुको विषयमा सम्बोधन गर्न नसकिनेसमेत युएससीएसआइले जानकार्री दिएको छ । अमेरिकामा ठूलो संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपछि कामको खोजीमा रहने हुँदा परिवर्तन भएको नियमले धेरै नेपालीलाई समस्यामा पार्नसक्ने बताइएको छ । अध्ययन सकिएपश्चात् आफ्नो अमेरिका बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिएका विद्यार्थी अन्योलमा परेका छन् । सेप्टेम्बर ३० भन्दा पछाडिसम्म काम गर्न अनुमति पाएकाले मात्र अनुमति पाएको दिनसम्म काम गर्न सक्ने बताइएको छ । अब बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिएका एफ–वान विद्यार्थीले समेत अनुमति बेगर काम गर्न नपाउने भएका छन् । युएससीएसीको सूचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु