Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

नोबेलको निःशुल्क स्वास्थ्य शिविर

न्युज कारोबार काठमाडौं असोज १६, २०७५       

नोबेलको निःशुल्क स्वास्थ्य शिविर
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । हिलेमा भएको शिविरबाट १ हजार १ सय ४५ र बेलवारीमा भएको शिविरबाट ४ सय ६५ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । वेलवारीको शिविरमा १ सय १० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी र ६५ जनाको ल्याब टेस्ट गरिएको छ । गम्भीर प्रकृति र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गरिने अस्पतालले जनाएको छ ।

सम्बन्धित खबरहरु