Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता

न्युज कारोबार काठमाडौं पुस २, २०७५       

हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता
हिमालयन बैंक र बसुन्धारामा रहेको चिरायु अस्पतालबीच सेवा सुविधा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार चिरायु अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र चिरायु अस्पतालका सञ्चालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् । कार्ड कारोबारमा धेरै अनुभव भएको, प्रतिष्ठित, सुरक्षित, सबैभन्दा धेरै ब्रान्डका कार्ड जारी तथा आफ्ना बृहत सञ्जालमा सबैभन्दा धेरै प्रकारका कार्ड स्वीकार गर्ने हिमालयन बैंक र नेपालको प्रतिष्ठित निजी क्षेत्रको चिरायु अस्पतालबीच भएको सम्झौताले दुवै संस्थाका सेवाग्राहीलाई सुविधा पुग्ने विश्वास लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबरहरु