nmb bank

गृहपृष्ठ रसुवामा जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

रसुवामा जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

रसुवामा जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

जनता बैंक नेपालको आयोजनामा रसुवाका दुई स्थानमा तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिविर आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रसुवाको नौकुण्ड गाउँपालिकामा मंसिर २५ गते स्त्री तथा प्रसूति रोग, छालासम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको छ भने मंसिर २५, २६ र २७ गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । त्यस्तै, रसुवाकै कालिका गाउँपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छालासम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा ८ सय ४६ जनाको बृहत स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । बिरामीलाई आवश्यक औषधी र चश्मा निःशुल्क प्रदान गरिएको छ । स्त्रीरोगसम्बन्धी उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने गरी पहिचान भएका बिरामीलाई अस्पतालमा रिफर गरिएको छ । यसरी रिफर गरिएका महिलाको पनि बैंकले अपरेसन शुल्क तिरिदिनेछ ।

नेपाल नेत्र ज्योती संघअन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा बैंकले स्वास्थ्य शिविर आयोजना गरेको हो । बैंकले विशेष गरी स्त्री तथा प्रसूति रोगसम्बन्धि र आँखा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु