Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

डा. केसीको अनसन स-यो, एेन पारित नभए पुस १७ देखि बस्ने

न्युज कारोबार काठमाडौं पुस २, २०७५       

डा. केसीको अनसन स-यो, एेन पारित नभए पुस १७ देखि बस्ने
डा. गोविन्द केसीको आन्दोलनका कार्यक्रम दुई सातापर सरेको छ । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न माग गर्दै सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका केसीले अल्टिमेटम पर धकेलेका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भनेर जानकारी गराएकाले सत्याग्रह दुई साता पर सारेको केसीले विज्ञप्ति जारी गरेर जानकारी दिए । यसअघि, डा. केसीले सोमबारदेखि नै सत्याग्रह सुरु गर्ने जनाएका थिए । चिकित्सा शिक्षा ऐन दुई सातामा पनि पारित नभए पुस १७ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयको सचिवमा कानुनबमोजिम चिकित्सकहरुमध्येबाट नियुक्त गर्नुपर्नेमा सरकारले गैरचिकित्सकबाट सचिव नियुक्त गरेको भन्दै केसीले आपत्तिसमेत जनाएका छन् । लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई यसले झनै अस्तव्यस्त बनाउने भएकाले कानुनबमोजिम सचिव नियुक्त गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित खबरहरु