Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

मेडिसिटी अस्पताल र नविल बैंकबीच सम्झौता

न्युज कारोबार काठमाडौं पुस ५, २०७५       

मेडिसिटी अस्पताल र नविल बैंकबीच सम्झौता
नेपाल मेडिसिटी र नबिल बैंकले सेवा आदानप्रदानसम्बन्धी सम्झौता गरेका छन् । सम्झौताअनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् । ललितपुरको भैंसेपाटीमा भएको सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल र नबिल बैंकका रिटेल विजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेपाल मेडिसिटी अस्पतालमा नबिल बैंकका सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्नेछ । उपचारका लागि नेपालीले विदेशिनु नपरोस् भन्ने अभियान अघि बढाएको नेपाल मेडिसिटीले स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिकलगायतका संस्थासँग सहकार्य आएको छ ।

सम्बन्धित खबरहरु