Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

टप बाेर्डिङ स्कुलभन्दा अब्बल एउटा सरकारी विद्यालय

न्युज कारोबार काठमाडौं पुस ७, २०७५       

टप बाेर्डिङ स्कुलभन्दा अब्बल एउटा सरकारी विद्यालय
गत वैशाखसम्म कक्षा १ देखि ९ सम्म अध्ययन अध्यापन हुन्थ्यो, कुल विद्यार्थीको संख्या थियो ६८ जना । विद्यालयको भौतिक अवस्था पनि टिठलाग्दो थियो । तर, अहिले कालिका मानव ज्ञान मावि सेक्टर–२ को मुहार नै फेरिएको छ । अहिले कक्षा १२ सम्म पढाइ हुन्छ, विद्यार्थी संख्या त कुरै छाडौं, यो विद्यालयमा पढ्न चाहाने हजारौं विद्यार्थी कोटा नपाएर अन्य विद्यालय जान बाध्य छन् । आखिर यो सब कसरी सम्भव भयो त ! केही समयअघि मानव ज्ञान माविको रुपमा रहेको विद्यालय वैशाख १ गतेदेखि कालिका मानव ज्ञान माविको रुपमा सञ्चालन हुँदै आएको छ । बुटवल उपमहानगरपालिका–१०, कालिकानगरमा रहेको कालिका माविले स्वामित्व लिएपछि विद्यालयको मुहार फेरिएको हो । विद्यालयको भौतिक पूर्वाधार थपिएका छन् भने नेपाली माध्यमलाई पूर्णरुपमा विस्थापित गरी अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन थालिएको छ । [caption id="attachment_90135" align="alignleft" width="304"]ghanshyam patthak kalika manavgayan घनश्याम पाठक[/caption] विद्यालयलाई रङरोगन गरी चिटिक्क पारिएको छ भने मन्टेश्वरी (बालशिक्षा) कक्षा पनि व्यवस्थापन गरिएको छ । कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक व्यवस्थापकीय पाटो राम्रो भयो भने गरे के हुँदैन र भन्ने पुष्टि भएको बताउँछन् । एक वर्षअघि ६८ जनामात्रै विद्यार्थी रहेको विद्यालयमा अहिले ५ सय ७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । कालिका मानव ज्ञान मावि मर्ज भएपछि विद्यालयले आधुनिक तरिकाबाट मन्टेश्वरी (बालशिक्षा) कक्षा सञ्चालन गरेको छ । अहिले यो सरकारी विद्यालयको पढाइ कुनै पनि अंग्रेजी नाम चलेका विद्यालयको भन्दा कम छैन । विद्यालयले बाल शिक्षादेखि कक्षा ११ सम्म नै अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ । प्रधानाध्यापक पाठक भन्छन्, ‘बाल शिक्षा कक्षादेखि ६ कक्षासम्म हामीले एक रुपैयाँ पनि अभिभावकबाट शुल्क लिँदैनौं ।’ कक्षा ६ मा कम्प्युटर शिक्षा लागू गरिएका कारण अभिभावकबाट न्यूनतम ३ सय रुपैयाँ शुल्क लिने गरेको पाठकले जानकारी दिए । कक्षा ६ देखि ११ सम्म विद्यालयले ३ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म मासिक शुल्क लिँदै आएको छ, जुन रकम विद्यालयले शिक्षक व्यवस्थापन, भौतिक संरचना निर्माणलगायत शीर्षकमा खर्च गर्दै आएको छ । [caption id="attachment_90134" align="alignleft" width="311"]dinesh thapa, codrintor sactor 2 दिनेश थापा[/caption] कालिका मानव ज्ञान मावि सेक्टर २ का संयोजक दिनेश थापाका अनुसार नेपाली माध्यामका विद्यार्थीलाई कालिका मानव ज्ञान सेक्टर १ कालिकानगरमा व्यवस्थापन गरिएको छ । सेक्टर २ मा पूर्णरुपमा अंग्रेजी माध्यममा अध्यापन गराइएको छ । कालिका मानव ज्ञान मावि सेक्टर १ र सेक्टर २ गरी विद्यालयमा हाल ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत छन् । नेपालकै सर्वोत्कृष्ट शिक्षा आवार्डसमेत प्राप्त गरेको विद्यालयमा अहिले ब्रिटिस काउन्सिलको शिक्षा पद्धतिअनुसार अध्यापन हुन्छ । नयाँ संरचना र व्यवस्थापनका कारण विद्यालयमा विद्यार्थीको चाप थामिनसक्नु छ । वैशाखमा विद्यालयमा भर्ना हुन आएका करिब २ हजार विद्यार्थीलाई फिर्ता पठाएको विद्यालयले जनाएको छ । सीमित स्रोत साधन र जनशक्तिका कारण विद्यार्थीको चाप थेग्न नसकिएको प्रधानाध्यापक पाठकले बताए । कालिका मानव ज्ञान माविको सेक्टर २ को २० लाख रुपैयाँ र साविक मानव ज्ञान माविको २० लाख रुपैयाँ गरी करिब ४० लाख रुपैयाँ लगानीमा कालिका मानव ज्ञान मावि सेक्टर २ मा क्यान्टिन भवन निर्माण, मन्टेश्वरी कक्षा सञ्चालन र विद्यालयको पर्खाल बनाइएको छ । kalika manavgayan sactor 2 (6) विद्यालयले कक्षा ६ देखि ८ सम्म गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयको प्रवेश परीक्षासमेत लिने गरेको छ । विद्यालयमा गुल्मी, पाल्पा, रुकुम, रोल्पा, अर्घाखाँचीदेखि नवलपरासीसम्मका विद्यार्थी अध्ययन गर्दैै आएका छन् । कालिका मानव ज्ञानमा दुई सय ८० शिक्षक कार्यरत छन् । मानव ज्ञान र कालिका समायोजन भएर कालिका मानव ज्ञान माध्यमिक विद्यालय भएको हो । साविक कालिकालाई ‘सेक्टर वान’ र साविक मानव ज्ञानलाई ‘सेक्टर टु’ भनेर सञ्चालन गरिएको छ । एउटै कक्षामा आठ वटासम्म सेक्सन छन् । कक्षा ४ सम्म अंग्रेजी भाषामा मात्रै पढाइ हुन्छ । त्यसमाथिका कक्षामा दुवै भाषाबाट पढाइ हुन्छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । kalika manavgayan sactor 2 (6) kalika manavgayan sactor 2 (6)

सम्बन्धित खबरहरु