Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

सिभिल क्यापिटल र मेडिसिटी अस्पतालबीच सम्झौता

न्युज कारोबार काठमाडौं पुस ७, २०७५       

सिभिल क्यापिटल र मेडिसिटी अस्पतालबीच सम्झौता
ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल र सिभिल क्यापिटलबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिभिल क्यापिटलमा संलग्न हुन चाहने मेडिसिटीका कर्मचारीलाई सिभिल क्यापिटलले ५० प्रतिशतसम्मको सहुलियत प्रदान गर्ने भएको छ । त्यस्तै, सिभिल क्यापिटलका कर्मचारी र सेवाग्राहीलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्नेछ । व्यावसायिक संस्थाहरुसँग सहकार्य गरी हरेक क्षेत्र तथा भूभागका नेपालीको स्वास्थ्योपचारमा संलग्न भई स्वस्थ राष्ट्रनिर्माण गर्ने उद्देश्यले सम्झौता गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

सम्बन्धित खबरहरु