nmb bank

गृहपृष्ठ विद्यालय भवन भत्काइएपछि सडकमै पढ्छन् विद्यार्थी

विद्यालय भवन भत्काइएपछि सडकमै पढ्छन् विद्यार्थी

विद्यालय भवन भत्काइएपछि सडकमै पढ्छन् विद्यार्थी

जनकपुर उपमहानगरपालिका– २१ स्थित राजर्शी जनक माध्यमिक विद्यालयको भवन सडकमा परेको भन्दै भत्काइएपछि विद्यार्थीहरुको विचल्ली भएको छ । शैक्षिक सत्र २०७५ को सुरुमै देशभर विद्यालय भर्ना अभियान चलिरहँदा राजर्षिजनक विद्यालयको भवन भत्काइएपछि विद्यार्थीहरू सडकमै पढ्न वाध्य भएका हुन् ।

सडक विस्तारको क्रममा वाडा अध्यक्ष रामेश्वर महासेठको नेतृत्वमा बैशाख ७ गते राति डोजर लगाएर विद्यालय भवनमा भत्काइयो । सडक छेउमै रहेको विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठन पाठनमा समस्या पर्दै आएको छ ।

वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयको जग्गादाता परिवारसमेत रहेका वाडा अध्यक्ष महासेठकै नेतृत्वमा विद्यालयको भवन भत्काइएपछि विद्यार्थी, शिक्षकलगायत स्थानियहरु आक्रोशित छन् । सम्बन्धित निकाय जनकपुर उपमहानगरपालिकाको कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई धनुषा, जिल्ला अदालतमा पुगे पनि विद्यार्थीहरुको समस्या समाधान हुन सकेन । त्यसपछि बाध्य भएर विद्यार्थीहरु सडकमै आएर पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद यादवले बताए ।

६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षाकोठाको अभाव रहेकै बेलामा ४ कोठे भवन भत्काइएपछि विद्यार्थीहरु निमार्णाधीन अवस्थित दुई तले भवनमा पढ्नु परेको छ । विद्यालयमा पढिरहेका बेला सडकमा गुड्ने गाडीको आवाज तथा सडकको धुलो उडेर स्वास्थ्यमासमेत समस्या पर्ने गरेको कक्षा १० मा अध्ययनरत सुन्दर दासले बताइन ।

‘यतिका दिन जसोतसो त पढ्यौं तर अब जाडोको बेला खुल्ला स्थानमा कसरी पढछौं ?’ उनले भनिन्, ‘हाम्रो समस्या बुझिदिने कोही भएन बाध्य भएर सडक जाम गर्दै हामी सडकमै पढ्न थालेका छौं ।’ विद्यालयकी कक्षा ६ मा अध्ययनरत विद्यार्थी खुस्बु कुमारी यादव भन्छिन्, ‘विद्यालयको हातामा पढ्नुभन्दा सडकमै पढ्दा सुरक्षित र व्यवस्थित महसुस गरेका छौं ।’

विद्यालयमा २२ जना शिक्षक छन् । सम्पूर्ण शिक्षकहरु विद्यालयमा नियमित रुपमै आए पनि कक्षाकोठामा गएर नियमित रुपमा पढाउन नसकिएको एक शिक्षकले बताए । विद्यार्थीलाई खुल्ला स्थानमा पढाइ रहँदा आफूहरुलाई कुन विद्यार्थी कति बेला माथिल्लो तलाबाट लड्ने हो भनि चिन्ताले सताउने गरेको शिक्षक कामेश्वर साहले बताए ।

यता, विद्यालयकै ठिक अगाडि ऐलानी जग्गामै वडा कार्यालय छ । वडा कार्यालयका अध्यक्ष रामेश्वर महासेठकै परिवारले तत्कालीन समयमा विद्यालय स्थापना गएर ३ विगहा १५ कठठा ५ धुर जग्गा दान गरेका थिए । स्रोतका अनुसार वि.स. २०२६ सालमा मालपोत कार्यालयले गरेको नापीमा सार्वजानिक जग्गाको रुपमा विद्यालयको भवन नक्सामा भएको भए पनि वि.सं.२०२७ साल चैत्र महिनामा झगरु महासेठको नाममा जग्गा पास गरिएको स्थानीय लक्ष्मण दासले बताए ।

विद्यालयकै छेउमा करिब ३ विगहाको ठूलो पोखरी छ । पोखरीको रेखदेख विद्यालय र विद्यार्थीहरुले गरिरहेका छन् तर पोखरीको आम्दानी भने महासेठ परिवारले लिँदै आएको स्थानीयको गुनासो छ ।

विद्यालयको भवन भत्काइएपछि विद्यालयकै अगाडि रहेको वडा अध्यक्ष रामेश्वर महासेठले विद्यालयको भवन निमार्ण वा पर्खाल बनाउने सवालमा आनाकानी गर्दै उल्टै विद्यालय हटाएर अर्को ठाउँमा सार्न दवाव दिँदै आएको जनकल्याण युवा क्लबका अध्यक्ष परमेश्वर मण्डलले बताए ।

वडा अध्यक्ष महासेठले विद्यालयको भवन सडकमा परेपछि सडक विस्तारको क्रममा विद्यालयका प्रध्यानाध्यापक स्वयं आँफैले ठेक्का लगाएर भत्काइएको दावी गरे । विद्यालयप्रति आफू गम्भीर रहेको र विद्यालयमा भएको क्षतिबारे आफूलाई दुःख लागेको भन्दै महासेठले मेयर र उपमेयरसँग सल्लाह गरेर नयाँ भवन र विद्यालयको पर्खाल बनाउन सहयोग गर्ने न्युज कारोबारसँगको कुराकानीमा उल्लेख गरे ।

प्रकाशित समय : ०१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु