nmb bank

गृहपृष्ठ बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै

बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै

बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै

बुधबार र बिहीबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालार्इ भिटामिन ए खुवाइने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालार्इ भिटामिन ए खुवाउने कार्यक्रमम सञ्चालन गर्न लागेको हो ।

शीशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल) पाखुराको नाप र बालभिटा दिइने भएको छ । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयमसेविका र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि समावेश गरिएको छ ।

मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान पर्व बडादसैं परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागेको हो ।

गाउँपालिका र नगरपालिकाले पहिलो पटक उक्त कार्यक्रमको नेतृत्व गर्दैछन् । देशभरका ७५३ स्थानीय तहमार्फत यो कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु