nmb bank

गृहपृष्ठ टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका निर्देशक वीरेन्द्रकुमार शाहले मंगलबार टिच फर नेपाललाई पाँच लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको जनाएको छ । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो ।

अभियानबाट देशका ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकालाई दुर्इ वर्षका लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ । बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने टिच फर नेपालले जनाएको छ ।

प्रकाशित समय : ०१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु