nmb bank

गृहपृष्ठ नेप्से २ अंकले घट्यो, १६ करोडको कारोबार

नेप्से २ अंकले घट्यो, १६ करोडको कारोबार

नेप्से २ अंकले घट्यो, १६ करोडको कारोबार

सेयर बजार परिसूचक (नेप्से) र कारोबार रकम दुवै ओरालो लागेको छ । बुधबार नप्से परिसूचक २.९ अंकले घटेर १२२१.४६ अंकमा झरेको हो भने कारोबार रकम १६ करोड ७५ लाखमा सीमित भएको हो ।

मंगलबार सेयर बजार ७ अंकले बढेको थियो भने २२ करोडको सेयर किनबेच भएको थियो । निर्जीवन बिमा, उत्पादनमूलक र अन्य समूह सकारात्मक भए पनि बाँकी सबै समूह आरोलो लागेपछि बुधबार नेप्से बढ्न सकेन ।

बुधबार कुनै पनि कम्पनीको कारोबार एक करोड नाघेन । प्रभु बैंकको सबैभन्दा धेरै ९० लाखको कारोबार भयो भने एनआईसी एसियाको ८७ लाख र सिभिल बैंकको ६८ लाख रुपैयाँको सेयर किनबेच भयो । घटेको बजारमा नेपाल सेवा लघुवित्त, वरुण हाइड्रोपावर कम्पनीलगायतका लगानीकर्ताले आम्दानी बढाएका छन् ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु