Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

बंगलादेशको आर्थिक वृद्धिबाट नेपालले सिक्नुपर्छ : राजदूत आम्स

न्युज कारोबार काठमाडौं जेठ ५, २०७६       

बंगलादेशको आर्थिक वृद्धिबाट नेपालले सिक्नुपर्छ : राजदूत आम्स
नेपालका लागि बंगलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् । एभरेस्ट एजुकेसन फाउन्डेसन विराटनगरले बंगलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार अवलोकन गर्दै राजदूत आम्सले बंगलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको बताए । उनले प्रदेश १ र बंगलादेश एक–अर्काबीच पुलको रुपमा रहनसक्ने भन्दै यसबाट यो क्षेत्रमा फाइदा लिन सकिने विचार राखे । एभरेस्ट स्कुलले उच्च शिक्षा सञ्चालनका लागि २४ हजार वर्ग फिटमा नयाँ प्रविधियुक्त भवन बनाउन लागिपरेको फाउन्डेसनका अध्यक्ष विनोद ढकालले जानकारी दिए । विद्यालयले तीन महिनाभित्र ४२ कोठे भवन निर्माण गर्ने लक्ष्य राखेको छ । कम खर्चमै भूकम्पप्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक नीलमणि सापकोटाले बताए । बंगलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरी आधुनिक उपकरण प्रयोगबाट विद्यालय निर्माण गरिने जानकारी दिए ।

सम्बन्धित खबरहरु