Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

कामना सेवा र युनिभर्सल इन्स्टिच्युटबीच सम्झौता

न्युज कारोबार काठमाडौं जेठ ८, २०७६       

कामना सेवा र युनिभर्सल इन्स्टिच्युटबीच सम्झौता
कामना सेवा विकास बैंक र युनिभर्सल इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एन्ड रिसर्च प्रालि भैरहवाबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले युभर्सल इन्स्टिच्युटमा उपचार गराउँदा विशेष छुट सुविधा पाउनेछन् । सम्झौतासँगै व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकका भैरहवा शाखा प्रबन्धक तुलसीप्रसाद आचार्य र युनिभर्सलका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएसले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबरहरु