Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच सम्झौता

न्युज कारोबार काठमाडौं जेठ ९, २०७६       

नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच सम्झौता
नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रम ग्रामीण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनमा वित्तीय साक्षरता तथा बैंकिङ प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा अध्यनरत विद्यार्थीले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामीण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ कारोबारका लागि उत्प्रेरित गर्नेछन् । यस अभियानले सरकारले ल्याएको ‘खोलौं बैंक खाता अभियान’लाई समेत ठूलो मद्दत पुग्ने अपेक्षा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबरहरु