nmb bank

गृहपृष्ठ एसईईको रिजल्ट आयो, मार्कसिटसहित हेर्नुस्

एसईईको रिजल्ट आयो, मार्कसिटसहित हेर्नुस्

एसईईको रिजल्ट आयो, मार्कसिटसहित हेर्नुस्

एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । चैत दोस्रो साता भएको परीक्षाको बिहीबार नतिजा आएको हो । परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्न नेपाल टेलिकमको मोबाइलबाट see पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ । जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ । यसरी सन्देश पठाउँदा अंकमात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यसबाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

साथै, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यहाँ मार्कसिट समेत हेर्न सकिन्छ र त्यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

अघिल्लो वर्षको तुलनामा यसपटक एक साता ढिलो नजिता आएको छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि र कर्मचारी समायोजनका कारण नतिजा ढिला आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो वर्षको एसईई परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७४१ जना र २ देखि २.४ जीपीएसम्म ९८ हजार २०७ जना छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३०७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८४१ जना छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा एउटा विषयबराबर ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

मार्कसिट हेर्न यहाँ क्लिक गर्नुहोस्
http://see.ntc.net.np/

प्रकाशित समय : २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु