nmb bank

गृहपृष्ठ सुनसरीमा डेंगुको संक्रमण बढ्यो, ११ जना बिरामी भेटिए

सुनसरीमा डेंगुको संक्रमण बढ्यो, ११ जना बिरामी भेटिए

सुनसरीमा डेंगुको संक्रमण बढ्यो, ११ जना बिरामी भेटिए

सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ । केही साताअघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकैपटक ११ जना डेंगु संक्रमित बिरामी फेलापरेका छन् ।

इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको छ । इनरुवा अस्पतालको आकस्मिक कक्षले समेत डेंगु संक्रिमत संख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेब गुणानन्द झाका अनुसार नमुना परीक्षणका क्रममा २० जना भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

इनरुवा–४ को एकै परिवारका ७ जनामा डेंगुको संक्रमण भेटिएको इनरुवा अस्पतालले जनाएको छ । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढ्दो क्रममा रहेकाले संक्रमित संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीको अनुमान छ । नगरभित्र एकसाथ डेंगुका बिरामी फेलापरेपछि इनरुवा नगरपालिकाको कार्यालयले आपतकालीत बैठक समेत डाकेको छ । नगरपालिकाको कार्यालयले कार्यपालिकाको बैठकबाट डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरिएको जानकारी दिएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु