Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

'हेर्देउन मायाले' म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) 

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

'हेर्देउन मायाले' म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) 

निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक लयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ ।

म्युजिक भिडियोमा विल्सन विक्रम राई (तक्मे बुडा), रजनी गुरुङबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ। पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ।

किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो । तक्मे बुडा डटकम मार्फत भिडियो सार्वजनिक गरिएको हो ।  

सम्बन्धित खबरहरु