Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

सञ्चारकर्मी दीपक समिरको गीत ‘अलिअलि’मा श्रीदेव र स्मृति

न्युज कारोबार काठमाडौं फागुन ९, २०७७       

सञ्चारकर्मी दीपक समिरको गीत ‘अलिअलि’मा श्रीदेव र स्मृति

सञ्चारकर्मी दीपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । समिरले स्वरबद्ध गरेको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

'अलिअलि'मा डीपी खनालको शब्द तथा शंकर थापा ‘स्माइल’ले संगीत भरेका छन् । गीतमा श्रीदेव भट्टराई र स्मृति श्रेष्ठले मुख्य भूमिकामा रहेर अभिनय गरेका छन् ।

आरबी रेकर्डिङमा रेकर्ड भएको 'अलिअलि' ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबरहरु