Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

कर्णेश राजथलाको म्युजिक भिडियो 'वसन्त-शिशिर' सार्वजनिक

न्युज कारोबार काठमाडौं चैत २१, २०७७       

कर्णेश राजथलाको म्युजिक भिडियो 'वसन्त-शिशिर' सार्वजनिक

वसन्त-शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको सम्बन्धको कथा । र त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् । फेरि ती मौसम मात्र हैनन् । ती उनीहरुमाझको अनुभुति पनि हो । भोगाई पनि । र प्रेमभित्र यी सबै कुराहरुलाई अटाउँदा त्यो कस्तो प्रेम होला ? वसन्त-शिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । मनाङ र लम्जुङकाे मनै छुने स्थाहरुमा सुटिङ गरिएको गीतलाई निर्देशन/सम्पादन नवीन भट्टले गरेका हुन् भने छायाँकन ज्ञान चौलागाईले गरेका हुन् । आर्टमाण्डुले भिडियो प्रडक्सन गरेको यो गीतमा कलरिङ चानस पुन मगरले गरेका हुन् ।

युद्ध सिर्फ विचारहरुको मात्र हुन्न । दुइ पात्रहरुको बिचमा मात्र हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा यी मौसमको बद्लिने स्थितिमा पनि प्रेम साझा रहन्छ । सिर्फ अर्थहरु बदलेर । परिस्थितिहरुमा आफ्नै किसिमले आँटेर । यही कुरालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् जसमा रचना/संगीत हेम थामीको रहेको छ । एरेन्ज मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ/मास्टरिङ कोविद बज्रले गरेका हुन् ।

https://www.youtube.com/watch?v=L5eYSP_oe8s&t=194s

सम्बन्धित खबरहरु