Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

'ओ माई लर्ड'मा रोमान्टिक देखिए भिम र गरिमा (भिडियो) 

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

'ओ माई लर्ड'मा रोमान्टिक देखिए भिम र गरिमा (भिडियो) 

गायक भिम श्रेष्ठ र मोडेल गरिमा शर्मा अभिनित 'ओ माई लर्ड' शिर्षकको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस  गीतमा शब्द र संगीत पनि गायक श्रेष्ठकै रहेको छ । यस गीतलाई शैलेन्द्र एम प्रधान 'बाबु'ले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अर्जुन तिवारीले छायाँकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक श्रेष्ठको आधिकारिक च्यानल 'भिम श्रेष्ठ अफिसियल'मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

सम्बन्धित खबरहरु