Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

उर्मिलाको कमब्याक गीत 'माया बैगुनी' सार्वजनिक (भिडियोसहित)

न्युज कारोबार काठमाडौं वैशाख १५, २०७८       

उर्मिलाको कमब्याक गीत 'माया बैगुनी' सार्वजनिक (भिडियोसहित)

अमेरिकामा छायांकन भएको  'माया बैगुनी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ ।  गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।

पहिलो पटक गायिका लाम्गादेले यसै भिडियोमार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार  दिलिप रायमाझीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

सम्बन्धित खबरहरु