fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ सबथोक ठिकठाक छ, स्वार्थ समूहले निराशा फैलाए : प्रधानमन्त्री

सबथोक ठिकठाक छ, स्वार्थ समूहले निराशा फैलाए : प्रधानमन्त्री

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ठीक ढंगले काम गरिरहेको दावी गरेका छन् । सरकारले ठीकठाक रूपमा काम गरिरहेका भए पनि स्वार्थप्रेरित समूहले निराशा फैलाएको टिप्पणि गरे ।

सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका कामकारबाही जनताले मन पराए पनि उनीहरूलाई निराश बनाउन केही समूह लागेको दावी गरे । अनावाश्यक निराशा फैलाएर जनताको भावनात्मक पक्षमा खेल्न खोजेको प्रधानमन्त्रीको आरोप थियो ।

जनताले आफूहरूलाई राम्रो काम गर्रनका लागि अवसर दिएको उल्लेख गर्दै उनले त्यस्ता स्वार्थी समूहलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे । सरकारको पहिलो प्राथमिकता विकास निर्माण तथा शान्ति सुरक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले तर, यसलाई नबुझेको जस्तो गरी दुष्प्रचार गरिएको दावी गरे ।

आफू नेतृत्वको सरकारको बचाउ गर्दै उनले मुलुकलाई उज्यालो बनाउन सरकारले प्रयास गरिरहे पनि अन्धकारमा धकेल्ने प्रयास भइरहेको टिप्पणि गरे । आगामी चैतमा हुन लागेको लगानी सम्मेलनतर्फ संकेत गर्दै उनले उक्त सम्मेलन पनि हुन नदिने षडयन्त्र भयरहेको टिप्पणी गरे ।

प्रकाशित समय १४:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु