fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कर्णाली प्रदेशको हिउँदे अधिवेशन फागुन १५ देखि

कर्णाली प्रदेशको हिउँदे अधिवेशन फागुन १५ देखि

karnali_gov_newskarobar

कर्णाली प्रदेशको हिउँदे अधिवेशन फागुन १५ देखि सुरु हुने भएको छ । कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे अधिवेशनको पहिलो बैठक १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको हो ।

मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेकोे प्रांगारिक कृषि विधेयक २०७५ प्रदेशसभासमक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवर्धन गर्न बनेको विधेयक २०७५ लाई पनि मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरकारी भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव संघीय सरकारसमक्ष पठाउने निर्णयसमेत बैठकले गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको श्रम तथा रोेजगार प्रवर्धन नीति २०७५ स्वीकृत गर्नेे, सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने र सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सुशासनसम्बन्धी विधेयक २०७५ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने र भौतिक पूर्वाधार मन्त्रालयले प्रस्ताव गरेको पूर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

प्रकाशित समय १२:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु