fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कांग्रेसको टिप्पणी- शेरधन राई रुँदै हिँडेका छन्

कांग्रेसको टिप्पणी- शेरधन राई रुँदै हिँडेका छन्

pradesh1-samsad-newskarobar

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपाको दुईतिहाईको प्रदेश सरकारले केन्द्रसँग अधिकार माग्न नसकेको भन्दै कडा आलोचना गरेको छ । प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकारसमक्ष निरीह भएर रुँदै हिँडेको आरोप लगाए । ‘प्रदेश सरकार प्रदेशका जनताको पक्षमा काम गर्नुभन्दा पनि दुई तिहाईको दम्भ पालेर अत्तिएको छआरोप लगाए ।

सचेतक कार्कीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दै प्रदेश सभा बैठकमा घटनाबारे सरकारको धारणासमेत मागेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि सामान्य छलफल सुरु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विधेयक सदनमा पेस गरेका हुन् ।

त्यसैगरी ‘प्रदेश खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले पास गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले विधेयक सामाजिक विकास समितिमा दफावार छलफलका लागि पठाइयोस् भनी प्रस्ताव पेस गरेका थिए ।

प्रदेश सभामा शून्य समयमा प्रदेश सांसदहरुले लागुऔषधका कारण हत्या, हिंसा र बलात्कारका घटना बढेको भन्दै प्रदेश सरकारले लागुऔषध बिक्री–वितरणमा कडाइ गर्न माग राखेका थिए । केही प्रदेश सदस्यले भने क्रसर व्यवसायीलाई सरकारले संरक्षण दिएको आरोप लगाएका थिए । शून्य समयमा प्रदेश सदस्यहरु मोहनकुमार खड्का, सूयर्माराज राई, विन्दिया कार्की, वसन्तीदेवी यादव र सन्ध्याकुमारी दासले बोलेका थिए ।

प्रकाशित समय २०:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु