गृहपृष्ठ रामचन्द्र पौडेल भन्छन्- जनताले चाहेजस्तो कांग्रेस बनाऊँ

रामचन्द्र पौडेल भन्छन्- जनताले चाहेजस्तो कांग्रेस बनाऊँ

Ram chandra Poudel newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले चाहेजस्तो कांग्रेस बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय जागरण अभियानअन्तर्गत दार्चुला आएका नेता पौडेलले कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्ने र जनताले चाहेजस्तो कांग्रेस बनाउनुपर्ने बताए ।

कम्युनिस्टको सामना गर्न कांग्रेस बलियो हुन आवश्यक रहेको उनको भनाइ छ । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीसँग कांग्रेस हारेको प्रसंग झिक्दै नेता पौडेलले त्यसबाट कांग्रेसले पनि शिक्षा लिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहमा नेतृत्व गर्ने कांग्रेसका नेता कार्यकर्तालाई गल्ती नगर्न आग्रह गरे । कम्युनिस्ट सरकार लोकतान्त्रिक मूल्य मान्यताविपरित चलेको भन्दै उनले जनताले विकल्प खोज्ने बताए ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु