fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्री निवासअगाडि विवेकशील साझाको विरोध प्रदर्शन

प्रधानमन्त्री निवासअगाडि विवेकशील साझाको विरोध प्रदर्शन

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि सोमबार बिहान विरोध प्रदर्शन गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा किनबेच भएको प्रकरणमा निष्पक्ष छानविनको माग गर्दै विवेकशीलले विरोध प्रदर्शन गरेको हो । सार्वजनिक सम्पत्ती बेचेको भन्दै उनीहरुले चर्को नाराबाजी गरे ।

सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले मनलाग्दी र अनियमितताको विरुद्धमा सडकमा उत्रिनुपरेको बताए । ‘हामीले अहिले नै सचेत र खबरदारी गरेनौं भने अर्को ठाउँको सरकारी जग्गा अतिक्रमण हुन्छ,’ उनले भने, ‘यस्ता खालको अपराध रोक्न हामी सडक दबाबमा लागेका हौं ।’

ललिता निवासको जग्गा खरिद प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका महासचिव विष्णु पौडेल पनि जोडिएपछि राजनीतिक वृत्तमा यसले तरंग पैदा गरेको छ । सरकारले भने पौडेल निर्दोष रहेको र उनी ठगिएको प्रतिक्रिया दिइसकेको छ ।

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु