fbpx
Nepal Mediciti

गृहपृष्ठ विप्लव समूहको गतिविधि उच्च निगरानीमा, विप्लवसहित नेता-कार्यकर्ता पक्रन परिपत्र

विप्लव समूहको गतिविधि उच्च निगरानीमा, विप्लवसहित नेता-कार्यकर्ता पक्रन परिपत्र

biplab-newskarobar

सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहको गतिविधिमाथि उच्च निगरानी सुरु गरेको छ ।

आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयपछि गृह मन्त्रालयले विप्लव समूहको गतिविधिमाथि उच्च निगरानी सुरु गरेको हो । विप्लव समूहमा सामेल व्यक्तिलाई कानुनी कारबाही थालेको गृहमन्त्रालयले जनाएको छ ।

उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निगरानी बढाएका छन् । ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाएको र शान्ति सुरक्षासमेत सबल र सुदृढ पारेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइएको छ । ‘सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको छ’, प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने । राजनीतिको आडमा आपराधिक क्रियाकलाप गर्न छुट नभएको र सरकारको निर्णयले प्रहरी सुरक्षा एकोहोरो भएको उनले बताए ।

सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष र अप्रत्यक्ष संलग्न हुने व्यक्ति, संस्था र समूहलाई पनि कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले कानुनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरिसकेको छ ।
अहिलेसम्म विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु