fbpx
Nepal Mediciti

गृहपृष्ठ दीगो विकास तथा सुशासन समितिले प्रदेशस्तरमा अनुगमन गर्ने

दीगो विकास तथा सुशासन समितिले प्रदेशस्तरमा अनुगमन गर्ने

राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिले दीगो विकास लक्ष्य तथा सुशासन प्रवर्द्धनका लागि पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ ।

समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय गरेको छ । त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिने सभापति तारादेवी भट्टले बताइन् ।

अनुगमनका क्रममा प्रदेश सरकारका दीगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने अधिकारीहरुको सहभागिता रहनेछ । संघीय संसद्को चालू अधिवेशन सकिएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने समितिले जनाएको छ ।

बैठकमा सांसद दीनानाथ शर्मा, सरिता प्रसाईं, रमेश रायमाझीलगायतले समितिको कार्यक्षेत्र तोकिएको विषयमा अनुगमन गरी सुधारका लागि सरकारलाई निर्देशन दिनुपर्ने राय राखेका छन् ।

प्रकाशित समय १७:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु