गृहपृष्ठ समाचारका लागि डिनर आउनुस् : सभामुख शाही

समाचारका लागि डिनर आउनुस् : सभामुख शाही

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले समाचारका लागि पत्रकारलाई डिनरमा आउन आग्रह गरेका छन् ।

विहिबार कर्णाली प्रदेश सभा सचिवालयले आयोजना गरेको सांसद र सञ्चार सम्बन्धको अन्तर्क्रियामा पत्रकारहरुको प्रश्नको जवाफमा सभामुख शाहीले यस्तो आग्रह गरेका हुन् । संसदिय मामीला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाले पत्रकारहरुका लागि सहज रिपोर्टिङको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार संघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले प्रदेश सरकारको एक वर्ष बितिसक्दा पनि मिडिया ग्यालेरी बनाउनमा ध्यान नदिएको र पत्रकारलाई समाचार संकलनमा असहजता भएको गुनासो गरेका थिए । पत्रकारहरुलाई रेकर्डर लैजान नदिइँदा समाचार संकलनमा कठिनाइ भएको पत्रकारहरुको गुनासो थियो ।

जवाफमा सभामुख राजबहादुर शाहीले संसद अत्यन्तै मर्यादित ठाउँ भएकोले पत्रकारलाई अतिथि बनाउन नमिल्ने बताए । उनले भने ‘समाचार लेख्न तपाइहरुलाई के चाहियो ? म डिनरको व्यवस्था गर्छु ।’

सभामुखको भनाइपछि केही पत्रकारले कार्यक्रम बहिस्कार गरेका थिए । कर्णाली प्रदेश सभामा संसदीय रिपोर्टिङका लागि अझै सहज वातावरण बन्न सकेको छैन । मिडिया ग्यालेरी, फुटेज, लगाएतको व्यवस्थापन नहुँदा समाचार संकलन गर्न कठिन भएको छ ।

प्रकाशित समय ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु