गृहपृष्ठ विप्लवलाई मुख्यमन्त्री पोखरेलको सुझाव- जनताको विश्वास जित्नुहोस्

विप्लवलाई मुख्यमन्त्री पोखरेलको सुझाव- जनताको विश्वास जित्नुहोस्

shankar pokhrel newskarobar

प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले प्रतिबन्ध लाएको घोषणा गरेको विप्लव समूहलाई जनताको विश्वास जित्न सुझाव दिएका छन् ।

दाङको तुलसीपुरमा बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा आयोजित अन्तर्क्रियामा मुख्यमन्त्री पोखरेलले राजनीतिक रूपमा बहस र विवाद गर्नुपर्ने विषय नरहेको बताए । विप्लव समूहले आयोजना गरेको नेपाल वन्दका सन्दर्भमा पोखरेलले बन्द गर्नुपर्ने कारण नभएको जिकीर गरे ।

उनले जनताको मन जित्ने हो भने मुलुकको एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबाहेक सबैकुरा सबै कुरा बदल्ने अधिकार संविधानले दिएकाले बन्द हडतालको आवश्यकता नरहेको उल्लेख गरे । ‘संविधान सभाबाट संविधान बनाइसकेका छौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘अब राजनीतिक रुपमा बहस विवाद गर्नुपर्ने विषय के छ?’

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु