fbpx
Nepal Mediciti

गृहपृष्ठ हतियार बुझाउन ३५ दिने अल्टिमेटम

हतियार बुझाउन ३५ दिने अल्टिमेटम

gokul baskota फाइल तस्बिर

सरकारले अवैध हतियार बुझाउन सर्वसाधारणलाई आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको जानकारी दिए । स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको मन्त्री बाँस्कोटाले बताए । हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको उनले बताए ।

सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

प्रकाशित समय १८:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु