गृहपृष्ठ गृहमन्त्रीको प्रष्टिकरण- जनमत संग्रह हुँदैन

गृहमन्त्रीको प्रष्टिकरण- जनमत संग्रह हुँदैन

आपराधिक गतिविधि भए सरकार चुप लागेर बस्दैन

rambahadur-thapa

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. सिके राउतसँग भएको सहमतिका बारेमा स्पष्टिकरण दिँदै मधेसका बारेमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । सोमबार भैरहवामा प्रदेश-५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधानमा उल्लेख नभएको जनमत संग्रह हुन नसक्ने बताए ।

सिके राउतका समर्थकले आइतबार जनकपुरमा गरेको प्रदर्शनलाई अन्तिम विदाई भन्दै टिप्पणी गरेका गृहमन्त्री थापाले स्वतन्त्र मधेसको एजेन्डा त्याग्न राउत सहमत भएको दावी गरे ।

जनमत संग्रह गर्ने या स्वतन्त्र मधेस राख्नेबारे कुनै सहमति नएको उल्लेख गर्दै गृहमन्त्री थापाले सरकारले विखण्डनकारी शक्तिसँग सम्झौता गरेको तथा राउतले आत्मसमर्पण गरेको दुवै टिप्पणी गलत भएको उल्लेख गरे ।

आपराधिक गतिविधमा सरकार चुप नलाग्ने उनले दावी गरे । ‘अपराधिक तत्वलाई निस्तेज गर्न सरकार प्रतिवद्ध छ,’ गृहमन्त्री थापाले भने, ‘कसैले अपराधिक गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर बस्दैन ।’

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु