fbpx
Nepal Mediciti

गृहपृष्ठ हिउँ पर्यो फुरुरु (फोटोफिचर)

हिउँ पर्यो फुरुरु (फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट । तस्बिरः कमल खत्री, बेनी (म्याग्दी), रासस

काठमाडौं उपत्याकासहित देशको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बाक्लो हिमपात भएसँगै डाँडाहरु सेताम्य भएका छन् । बुधबारदेखि शुरु भएको वर्षासँगै हिमपातका कारण डाँडाहरु सेताम्य भएका हुन् । हिँउ खेल्नका लागि पर्यटकहरु सो क्षेत्रमा पुगेका छन् ।

बुधबार हिमपातले ढाकेको दैलेखको गुराँसे गाउँ । तस्बिर : हिक्मतबहादुर नेपाली, दैलेख, रासस

हिमपातपछि देखिएको दोलखाको चरिकोट बजार र हिउँले ढाकेको कालिञ्चोक क्षेत्र । तस्बिर: प्रभु जिरेल, चरिकोट, रासस
हिमपातपछि भक्तपुरको लोकन्थलीबाट बुधबार देखिएको उपत्यकाको रमणीय दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस
पर्यटकीयस्थल नगरकोटमा बुधबार परेको हिउँ । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः रत्न श्रेष्ठ, रासस
लगातार हिमापातपछि देखिएको जुम्लाको सदरमुकाम खलङ्गा । तस्वीरः मानदत्त रावल, जुम्ला, रासस

 

प्रकाशित समय १६:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु