fbpx
Nepal Mediciti

गृहपृष्ठ आहा ! क्या राम्रो शैलुङ (फोटोफिचर )

आहा ! क्या राम्रो शैलुङ (फोटोफिचर )

पर्यटकीय क्षेत्र दैलेखको शैलुङमा होटल खोले गाउँपालिकाले अनुदान दिने भएको छ । पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले होटल बनाउनेलाई अनुदान दिने घोषणा गरेको हो । गाउँपालिका बैठकले सुरुमा १० वटा होटल र होमस्टेका लागि अनुदान दिने निर्णय गरेको हो । शैलुङ डाँडाको कालापानी क्षेत्रमा कम्तिमा १० जना बस्ने सुविधा भएको होटल वा होमस्टे निर्माणका लागि २ लाखका दरले अनुदान दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि होटलमा अनुदानका लागि २० लाख विनियोजन गरेको छ ।प्रदेश ३ को प्रदेश सरकारले पनि शैलुङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको अभियानलाई समेत टेवा पुग्ने गरी गाउँपालिकाको यस्तो निर्णय गरेको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश विकले बताए । शैलुङमा सय वटा थुम्का छ । यो महाभारत क्षेत्रको सबैभन्दा उच्च भागमा पर्छ । यसको उचाइ ३ हजार १४६ मिटर रहेको छ । शैलुङमा कम्तिमा २ महिना हिउँ जम्छ ।

शैलुङ गाउँपालिकाले यस क्षेत्रमा मुख्य रुपमा पर्यटन विकास र कृषि नै यस क्षेत्रको विकासको आधारको रुपमा लिएको छ । शैलुङसम्म पुग्नका लागि डाँडा वरपर सडकको रिङ रोड निर्माण गरेको छ । काठमाडौंबाट १ सय ४० किलोमिटर मुडे हुँदै जान सकिन्छ । सडकलाई १२ महिना सहजै चल्ने बनाउन गाउँपालिका लागि परेको छ । शैलुङमा महादेव मन्दिर, गुम्बा, गुफा, चौरी, घोडा, विभिन्न जडिबुटी पाइन्छ । दृश्यावलोकनका लागि चाँदीको घेरा जस्तै सगरमाथादेखि धौलागिरीसम्मका हिमश्रृखला एकै ठाउँबाट देखिन्छ ।

प्रकाशित समय १२:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु