fbpx
Nepal Mediciti

गृहपृष्ठ किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)

किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)

Gyanendra_shah-newskarobar

काठमाडौंको दरबारमार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित तीन घण्टा बिताएका छन् । गत शुक्रबार पूर्वराजा शाहले पूर्वराज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाहलगायतका साथमा पूर्वराजा ज्ञानेन्द्र किंग्स लाउन्ज पुगेका थिए । झन्डै ४० जना आफन्तका साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पूरै तीन घण्टा समय बिताएका थिए । सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए ।

साँझ झन्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच दरबारमार्ग पुगेका पूर्वराजा ज्ञानेन्द्रले लाइभ म्युजिकका साथमा स्वादिस्ट भोजनको मज्जा लिएका थिए । ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यले लाउन्जमा उपस्थित फ्यानसित फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणले स्वागत तथा सम्मान गरेका थिए ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्वराजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्यान्डका राकेश खालिङ, अन्जली राईलगायतले विभिन्न मौलिक नेपाली गीतसंगीत प्रस्तुत गरेका थिए ।

दरबारमार्गमा रहेको फेमिली रेस्टुरेन्ट किंग्स लाउन्जमा सधैंजसो हाई प्रोफाइल सेलिब्रेटीसमेत संगीतका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् । यसैबीच, किंग्स लाउन्जले जेठ ९ गतेका दिनबाट पोखराको लेकसाइडमा पहिलो शाखा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षदेखि नै अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको लाउन्जले औपचारिक कार्यक्रम गरी पोखरामा सेवा सुरु गर्न लागेको हो ।

Gyanendra_shah-newskarobar

तस्बिर सौजन्य : सरोज राई

प्रकाशित समय २१:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु